मोरङ आउँदै प्रधानमन्त्री देउवा, के के छन् कार्यक्रम?

फाइल तस्बिर

मोरङ – प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार मोरङ आउने भएका छन्। जिल्लाको सुन्दरहरैंचा नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा मोरङ आउने भएका हुन्।

सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालका अनुसार सोमबार प्रधानमन्त्री देउवा नगरपालिकामा आयोजना हुने दुई कार्यक्रममा सहभागी हुनेछन्। प्रधानमन्त्री देउवा बिहान हेलिकोप्टरबाट हरैंचा आउनेछन्। उनले हरैंचामा निर्माण भएको नगर अस्पतालको उद्घाटन गर्नेछन्।

अस्पताल उद्घाटनपछि नगरपालिकाकै सलकपुरमा नगरपालिकाको भवन शिलान्यास गर्ने र जनतालाई सम्बोधन गर्ने कार्यक्रम रहेको मेयर ढकालले जानकारी दिए।

त्यसपछि प्रधानमन्त्रीले विराट चौकमा खाना खाने र पाँचथरका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको उनले मेयर ढकालले बताए। प्रधानमन्त्री देउवा मोरङ आउने कार्यक्रमका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ।

चैत ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्