आइसीसी विश्वकप लिग २: नेपाल र यूएई दाेस्राेपटक भिड्दै

फाइल तस्बिर।

काठमाडौँ – अघिल्लाे खेलमा हार बेहोरेको नेपाली क्रिकेट टोलीले आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई शृंखलाको तेस्रो खेलमा सोमबार संयुक्त अरब इमिरेट्स (यूएई)सँग दाेस्राेपटक भिड्दैछ।

पहिलाे खेलमा पपुवा न्यू गिनी (पीएनजी) लाई हराएकाे नेपाल दाेस्राे खेलमा यूएईसँग पराजित भएकाे थियाे। अघिल्लो खेलमा नेपाल खराब ब्याटिङका कारण पराजित हुन पुगेको थियो।

दुबईमा साेमबार हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। नेपाल सन्दीप लामिछानेको कप्तानीमा छ।

नेपालले पहिलो खेलमा पीएनजीलाई २ विकेटले हराउँदा दोस्रो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो।

नेपाल र यूएईबीच हालसम्म पाँच ओडिआई खेल हुँदा नेपाल २ खेलमा विजयी भएको छ। यूएईले तीन खेलमा जीत हात पारेकाे छ।

प्रतियोगितामा नेपाल १० खेलमा ५ जीत र ५ हारसहित १० अंकका साथ छैटौं स्थानमा छ। यूएई १७ खेलमा ९ जीत र ६ हारका साथ २० अंक जोड्दै दोस्रो स्थानमा छ।

नेपालको टोली
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी

चैत ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्