पाँच वटा प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। जसले देशको पहाडी भूभागमा आंशिक बदली भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले बिहीबार दिउँसो प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार राति पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

शुक्रबार दिउँसो प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाे माैसमविद्हरुले जनाएका छन्।

चैत १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्