कैलाश हेलिकप्टर प्रालि पाँचौं वर्षमा

काठमाडौँ – पर्यटन व्यवसायीहरुको लगानी रहेको कैलाश हेलिकप्टर प्रालि पाँचौं वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा कम्पनीले एक विशेष कार्यक्रमसमेत गरेको छ।

२ वटा हेलिकप्टरमार्फत उडान सुरु गरेको कैलाशले २०७६ सालमा एउटा नयाँ थपेर तीन वटामार्फत उडान भर्दै आएको छ। सन् २०२३ को सेप्टेम्बरभित्रमा नयाँ हेलिकप्टर ल्याउने तयारी भएको कम्पनीका प्रवन्ध निर्देशक प्रतावजंग पाण्डेले जानकारी दिए।

कम्पनीले हाई अल्टिच्युड अपरेसन्स, एरियल सर्भे, प्राकृतिक प्रकोप उद्धारका साथै बिरामीको पनि तत्काल उपचार गर्न गन्तव्यसम्म पुर्‍याउनेलगायतका सेवा प्रदान गर्दै आएको छ।

कैलाशका अध्यक्ष क्याप्टेन आशिष शेरचनले नेपालका दुर्गम तथा कतिपय सुगम क्षेत्रमा पनि अत्यावश्यकीय सेवा पुग्न नसकेको अवस्थालाई दृष्टिगत गरी सेवा दिँदै आएको जानकारी दिए।

कम्पनीमा शेरचन, पाण्डेसहित पर्यटन व्यवसायीहरु सीएन पाण्डे, ईश्वरी पौडेललगायतको लगानी रहेको छ। कैलाशका हेलिकप्टरले कोभिड १९ का बिरामीहरुको उद्धारसमेत गरेको थियो।

चैत १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्