‘ए मेरो हजूर ४’ को ट्रेलर सार्वजनिक

काठमाडौँ– चलचित्र ‘ए मेरो हजूर ४’ को ट्रेलर सार्वजनिक भएको छ। बिहिबार राजधानीमा एक कार्यक्रम आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा नायक अनमोल केसी र नायिका सुहाना थापाको प्रेमलाई केन्द्रमा राखिएको छ ।

झरना थापाले निर्देशन गरको चलचित्रको कथा पनि झरना स्वयंमले नै लेखेकी हुन् । यो पल्ट चलचित्रमा नायिका सुहाना नेवारकी छोरीको रुपमा चिनिएकी छन्। चलचित्रमा ‘कोको’ नाम गरेको कुकुरको पनि महत्वपूर्ण भूमिका देख्न सकिन्छ । नायक सलोन अनमोलको साथीको भूमिकामा देखिएका छन्।

चलचित्र सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा बनेको हो। चलचित्रको पटकथा र संवादमा निर्देशक झरनालाई स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । चलचित्र वैशाख १ गते नेपालभर प्रदर्शन हुँदैछ।

चैत १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्