निशान म्याग्नाइटले पूरा गर्‍याे ५० हजार युनिट उत्पादनको माइलस्टोन

काठमाडौँ – निसान इन्डियाले चेन्नाईमा रहेको रिनोल्ट निसान अटोमोटिभ इन्डिया प्रालिको कारखानाबाट ५० हजारौं नम्बरको निसान म्याग्नाइट उत्पादन गरेको छ। म्याग्नाइट ग्राहकको आकांक्षाअनुसारको पहिलो अन्तर्राष्ट्रिय उत्पादन हो, जुन निसानको अर्को उत्पादनको पूर्वसंकेत मानिन्छ।

निसान मोटर इन्डियाका प्रेसिडेन्ट सिनान ओजकोक भन्छन्, ‘अन्तर्राष्ट्रिय बजारमा ‘दि मेक अफ इण्डिया मेक फर दि वर्ल्ड’ अनुसार एसयूभी खास मोडेलको उत्पादन हो र यसले निसानको अन्तर्राष्ट्रिय बजारमा पुरानोलाई विस्थापन गरी नयाँ उत्पादन उपलब्ध गराउने रणनीतिअनुसार बजारमा आउनेछ। बिगबोल्ड, ब्युटीफुल (ठूलो, बलियो, राम्रो) एसयूभीले भारतका साथै अन्तर्राष्ट्रिय बजारमा महत्वपूर्ण भूमिका खेल्नेछ। हामी हाम्रा ग्राहकहरु, बिजिनेस पार्टनरहरु र कर्मचारीहरुलाई भारत र अन्तर्राष्ट्रिय बजारमा निसान म्याग्नाइटले उल्लेखनीय सफल बनाउन सहयोग गरेकोमा हार्दिक धन्यवाद दिन्छौं।’

कोभिड १९ को संक्रमण चुनौती र सेमिकन्डक्टरको अभावको अवस्थामा पनि चेन्नाईले ५० हजारौं म्याग्नाइट उत्पादन गर्न सफल भएको छ।

निसान म्याग्नाइटले २०२२ फेब्रुअरीमा ग्लोबल एन्क्यापमा ४ स्टार सेफ्टी रेटिङमा पाएको छ। यसले ड्राइभ गर्दा सुरक्षित आधारमा दिन्छ, बाक्लो जनघनत्व भएको सहर र पहाडी भिरालो सडकमा पनि यो राम्ररी चलाउन सकिन्छ। यसकोे गुणस्तर अति सुरक्षित छ र नै ग्राहकहरुले यसलाई विश्वास गरेका छन्। निसान म्याग्नाइटले कतिपय प्रशंसनीय र उल्लेखनीय सम्मान र पुरस्कार जितिसकेको छ।

निसान मोटर इन्डियाका मेनेजिङ डाइरेक्टर राकेश श्रीवास्तभ भन्छन्, ‘बिगबोल्ड ब्युरी फुलएस यूभी गाडी प्रविधि परिवर्तनकारी रुपमा अगाडि आएको र यसमा विश्वमा प्रचलित उच्च प्रविधि प्रयोग भएको छ। यसको डिजाइन उत्कृष्ट मानिएको छ। ‘लभ फर निसान’ भारतमा प्रचलित भनाइ भैसकेको छ र भारतीय बजारमा यसले कतिपय सम्मान र प्रशंसा पाएको छ। यसको माग एक लाखभन्दा बढी संख्यामा पुगेको छ र यसले एसयूभी र डीएनएका प्रविधि र गुणस्तरको मूल्याङ्कन गर्न सकिन्छ।’

आरएनएआईपीएलका मेनेजिङ डाइरेक्टर तथा सीईओ विजु बलेन्द्र भन्छन्, ‘कोरोनाको आँधीबेहरीमा र दि सेमिकन्डक्टर क्राइसेसमा पनि हामीले १५ महिनाको अवधिमा ५० हजारको संख्या पार गरेर यसमा कोशेढुङ्गा राख्न सफल भएका छौं। यसमा हाम्रा कामदार र सप्लायर पार्टनरले उल्लेखनीय योगदान दिएका छन्। यस्तो संकटमा पनि सफलता पाउनु सानो कुरा होइन। गतवर्ष दक्षिण अफ्रिकामा र इण्डोनेसियामा माग्नाइटको सफल विस्तार भएको थियो भने यसपल्ट नेपाल, भूटान, बंगलादेश, श्रीलंका, ब्रुनाई, युगाण्डा, केन्या, सिसेल्स, मोजाम्विक, जाम्बिया, मौरिसस, टान्जानिया र मालावीका बजारमा पनि उपलब्ध छन्।’

निसान म्याग्नाइट नेपालमा पनि निकै सफल मोडलका रुपमा रहेको छ।

चैत ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्