सप्तरी – पूर्वी–पश्चिम राजमार्ग हुँदै पूर्वी नेपालको यात्रा गर्ने अधिकांश कोशी नदी आसपासको क्षेत्रमा पर्ने सप्तरीको बरमझियामा रोकिएर पेडा चाखेका हुन्छन् ।

सप्तरी बरमक्षिया क्षेत्रमा बाजेको पेडा चर्चित छ । सो क्षेत्रमा पेडा पसल धेरै छन्। सबैले आफू असली बाजेको पेडा रहेको दाबी गर्छन् ।

यात्रु भने ती असली दाबी गरिएका विभिन्न पसलमा पसेर सप्तरीको पेडाको स्वाद लिने र कोशेलीका रुपमा लैजाने गर्छन् । देश सञ्चारका कपिल भण्डारीले बरमक्षिया क्षेत्रको पेडा पसलका केही तस्बिर खिचेका छन् ।