प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाने

फाइल तस्बिर।
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गते शुक्रबार भारत भ्रमणमा जाने भएका छन्।
तीनदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधिमण्डलसहित शुक्रबार भारत प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा देउवा पत्नी आरजु राणासहित भारत जाने भएका हुन्।
भारत भ्रमणको क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग शनिबार भेटवार्ता गर्ने छन्।
भ्रमणको क्रममा दुई देशको सम्बन्ध विस्तार र सहकार्य थप मजबुत बनाउनेबारे छलफल हुने जनाइएको छ। प्रधामन्त्री देउवा चैत २० गते आइतबार स्वदेश फर्कने कार्यक्रम छ।
चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणपछि प्रधानमन्त्री देउवाको हुन लागेको भारतको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।