उच्च अदालतका ८७ न्यायाधीशको सरुवा सिफारिस

काठमाडौँ – न्याय परिषद्ले उच्च अदालतका ८७ जना न्यायाधीशको सरुवा सिफारिस गरेको छ।

बुधबार बसेको परिषदको बैठकले एक्कैपटक ठूलो संख्यामा न्यायाधीशको सरुवा सिफारिस गरेको हो।

कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको बैठकले न्यायाधीशहरुको सरुवा गरेको हो।

सिफारिसलाई प्रधानन्यायाधीशले अनुमोदन गर्ने कानुनी व्यवस्था छ।

सरुवा हुनेको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्।

चैत १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्