टस हारेर पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

फाइल तस्बिर

काठमाडौँ – त्रिदेशीय टी–२० शृंखलाको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस हारेर ब्याटिङ गर्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेको हो। नेपाल लगातार तेस्रो जीतको खोजीमा छ।

पहिलो खेलमा सोमबार पीएनजीलाई १५ रनले पराजित गरेको नेपालले बुधबार मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।

पीएनजी शृंखलामा पहिलो जीत निकाल्ने लक्ष्यमा छ। पहिलो खेलमा नेपाललाई नतिजा सुम्पेको पीएनजी दोस्रो खेलमा मलेसियासँग आठ रनले पराजित भएको थियो।

दुई खेलमा शीर्ष स्थानको नेपालको ४ अंक छ। दोस्रो स्थानको मलेसियाको दुई अंक छ। पीएजनी भने अंकविहीन छ।

पीएनजीविरुद्धको खेलसँगै नेपालका आदिल खानले सिनियर टोलीबाट डेब्यु गर्दै छन्। पछिल्लो दुई खेलमा अवसर पाएका कुशल मल्ललाई भने बिहीबार आराम दिइएको छ।

चैत १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्