त्रिदेशीय टी २० अन्तर्राष्ट्रिय शृंखला

टस जितेर मलेसियाविरुद्ध बलिङ गर्दै पीएनजी

पपुवा न्युगिनीका खेलाडी। फाइल तस्बिर

काठमाडौँ – नेपालमा जारी त्रिदेशीय टी २० अन्तर्राष्ट्रिय शृंखलामा शुक्रबार मलेसिया र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा भइरहेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेको छ। यससँगै मलेसियाले सुरुवाती ब्याटिङ गर्दैछ।

शृंखलामा मलेसिया दोस्रो जीत निकाल्ने योजनामा छ। यता पीएनजी भने पहिलो जीतको खोजीमा छ।

मलेसियाले २ खेलबाट २ अंक जोडेको छ। पीएनजी भने विनाअंक पुछारमा छ।

नेपाल भने लगातार तीन खेल जित्दै फाइनल प्रवेश गरिसकेको छ। नेपालले भोलि अन्तिम खेलमा पीएनजीको सामना गर्नेछ।

आजको जीतले भने मलेसियाले उपाधिका लागि घरेलु टोली नेपालसँग खेल्नेछ।

चैत १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्