त्रिकोणात्मक ट्वान्टी २० अन्तर्राष्ट्रिय श्रृंखला: मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – त्रिकोणात्मक ट्वान्टी २० अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा शनिबार मलेसियाले नेपालको सामना गर्दैछ।
कीर्तिपुरस्थित टीयु मैदानमा मलेसियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको छ।
खेलमा नेपालले एक परिवर्तन गरेको छ। सोमपाल कामीलाई आराम दिँदै कमलसिंह ऐरीलाई सुरुवाती एघारमा स्थान दिइएको छ। आजको खेलमा पराजित भए मलेसिया फाइनल खेल्नबाट बन्चित हुनेछ।
नेपाल तीन खेलमा ६ अंक जोड्दै यसअघि नै फाइनल प्रवेश गसिसकेको छ। नेपाल र मलेसियाबीचको खेलले फाइनल प्रवेश गर्ने अर्को टोलीको टुङ्गो लगाउने छ।
नेपालले मलेसियालाई हराए पपुवा न्युगिनी (पीएनजी) फाइनल प्रवेश गर्नेछ। नेपाललाई हराएमा भने मलेसिया फाइनल प्रवेश गर्नेछ। फाइनल खेल सोमबार हुनेछ।
पीएनजीले शुक्रबार मलेसियालाई हराउँदै फाइनल प्रवेश सम्भावना जीवित राखेको छ। दोस्रो स्थानको पीएनजी र तेस्रो स्थानको मलेसियाको समान २ अंक छ। नेपालले पिएनजीविरुद्धको दुवै खेल जितेको थियो भने मलेसियलाई एक खेलमा पराजित गरेको थियो।