भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा आज स्वदेश फर्किँदै

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किँदै छन् । नेपाल फर्किनु अघि प्रधानमन्त्री उत्तर प्रदेशको बनारस जाने छन् ।

उनी बिहान ९ बजे नयाँदिल्लीबाट बनारस जाने छन् । त्यहाँ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री देउवालाई स्वागत गर्नेछन् । बनारसमा प्रधानमन्त्री देउवाले विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्ने तयारी छ ।

प्रधानमन्त्री देउवा बनारसबाट नयाँदिल्ली जाने र त्यसपछि काठमाडौँ आउने छन् । भारतको औपचारिक भ्रमण गर्न प्रधानमन्त्री देउवा गत शुक्रबार भारत गएका हुन् ।

शनिबार देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । उनीहरुले रेलवे सेवासहितको उद्घाटन गरेका थिए ।

चैत २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्