एक दिनमै माओवादी फर्किए एमाले प्रवेश गरेका गाउँपालिका अध्यक्ष डल्लाकोटी

काठमाडौँ – पित्तबहादुर डल्लाकोटी एक दिनमै नेकपा माओवादी केन्द्रमा नै फर्किएका छन्। धादिङ बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्ष निर्वचित पित्तबहादुर डल्लाकोटी सोमबार एमाले प्रवेश गरेका थिए।

२०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्ष निर्वाचित डल्लाकोटी १५ वर्ष अघि एमालेबाट माओवादी प्रवेश गरेका थिए।

एमाले अध्यक्ष केपी ओलीबाट टिका लगाएर १५ वर्षपछि एमाले फर्किएकोमा उनी पुनः माओवादी केन्द्रमै फर्किएका हुन्।

उनले एक विज्ञप्ति जारी गर्दै क्षणिक आक्रोशमा आएर आफूबाट गल्ती भएको स्वीकार गरेका छन्।

उनले आफ्नो गल्तीले पार्टीमा परेको क्षतिप्रति गम्भीर क्ष्आत्माआलोचना गरेका छन्।

चैत २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्