राजदूतले फिर्ता लिए युएईका पत्रकार पाण्डेबिरुद्धको मुद्दा

युएईका नेपाली राजदूत कृष्णप्रसाद ढकालको उजुरीका आधारमा त्यहाँको स्थानीय अदालतले पत्रकार उमाकान्त पाण्डेलाई जेल सजाय, जरिवाना र देश निकालाको फैसला गरेकोमा ढकालले पाण्डेविरुद्धको मुद्दा फिर्ता लिएका छन्। स्रोतका अनुसार उनले परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार १० दिनअघि पाण्डेविरुद्ध मुद्दा फिर्ताका लागि लिखित निवेदन दिएका थिए।

फेसबुकमा स्टाटस लेखेका आधारमा राजदूत ढकालले पाण्डेमाथि प्रतिशोधका आधारमा युएई प्रहरीलाई निवेदन दिएको र त्यही आधारमा अदालतले पाण्डेविरुद्ध फैसला सुनाएको परिवारको आरोप छ। ढकालकै उजुरीका आधारमा अबुधाबी प्रहरीले पक्राउ गरेर पाण्डेमाथि छानबिन गरेको थियो।

अबुधाबीको अदालतले पाण्डेलाई तीन महिना जेल सजाय, २० हजार दिराम (करिब ६ लाख नेपाली रुपैयाँ) जरिवाना र युएईबाट देश निकालाको फैसला गरेको थियो। पाण्डे अहिले जेलमा छन्।

चैत २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्