बैंक अफ काठमाण्डूद्वारा आफ्ना डेबिट तथा क्रेडिट कार्डवाहकलाई दराज र सस्तोडिलमा विशेष छुट

काठमाडौँ – बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो डेबिट तथा क्रेडिट कार्डवाहक महानुभावलाई दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुटसहितको योजना ल्याएको छ।

नयाँ वर्ष २०७९ लाई लक्ष्य गरी बैंकले कार्ड वाहकले दराजबाट आफूलाई आवश्यक सामान खरिद गर्नुपरेमा आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५% सम्मको छुटको सुविधा उपयोग गर्न सक्ने बैंकले बताएको छ।

बैंकको कार्डवाहकले यस योजनाबाट आफूलाई आवश्यक सामान दराजबाट खरिद गरी अनलाइन माध्यममार्फत प्रिपेमेन्ट गर्दा बैंकको क्रेडिट कार्ड प्रयोग गरेमा १५% वा अधिकतम १५०० र डेबिट कार्ड प्रयोग गरेमा १०% वा अधिकतम रु. १००० सम्म छुटको पाउने बताइएको छ।

साथै, कार्डवाहकले सस्तो डिलमा आफूलाई आवश्यक सामान खरिद गरी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गरे २०% वा अधिकतम रु.२,००० सम्मको छुट पाउने बैंकले बताएको छ।

नयाँ वर्षको योजनामा बैंकको कार्डवाहकले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २०% सम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामान खरिद गर्न सक्ने बताइएको छ।

 

चैत २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्