अटोमेटिक पेस्तोलसहित जनकपुरधामबाट दुईजना पक्राउ

जनकपुरधाम – जनकपुरधामबाट दुई युवा अटोमेटिक पेस्तोलसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा महोतरीको जलेश्वर नगरपालिका–९ घर भई धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३० वर्षीय ईन्द्रेश कुमार सिंह र महोतरीको मनरासिसवा नगरपालिका–१ घर भई जनकपुरधाम–८ मा बस्दै आएका १९ वर्षीय लोटस भन्ने अभिषेक कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दुवैजनालाई शनिबार राति १ बजे गोप्य सूचनाको आधारमा जनकपुरधाम–१० स्थित प्रादेशिक अस्पताल अगाडिबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

प्रहरीले ईन्द्रेशको बायाँ कम्मरमा पाइन्टको पेटीभित्र लुकाई राखेको अवस्थामा पेस्तोल बरामद गरेको हो ।

उक्त पेस्तोल सम्बन्धमा सोधपुछ गर्दा दुबैजनाको संलग्नता रहेको बताएपछि दुवैजनालाई नियन्त्रणमा लिई हातहतियार खरखजना मुद्दा शिर्षकमा १० दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

चैत २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्