
आँधीपछि आएको बाढी तथा पहिरोका कारण फिलिपिन्समा कम्तीमा २५ जनाको मृत्यु भएको छ। मेगी आँधीका कारण फिलिपिन्सको जनजीवन प्रभावित भएको छ ।
मंगलबार पनि उद्धारकर्मीहरु देशको पूर्वी र दक्षिणी तटीय क्षेत्रमा उद्धार तथा राहतका लागि खटिइरहेका छन्।
स्थानीय रुपमा एगातोन भनिने मेगी गएको आइतबार फिलिपिन्सको तटीय क्षेत्रमा ठोक्किएको थियो । आँधी ६५ किलोमिटर प्रतिघण्टाको गतिमा रहेको हावासहित ठोक्किएको हो ।
यो वर्ष फिलिपिन्समा पहिलोपटक यस्तो आँधी आएको हो । वर्षको औसतमा २० वटा ट्रपिल स्ट्रोम फिलिपिन्समा आउने गरेको छ ।
आँधीबाट जोगिनका लागि १३ हजार भन्दा बढी मानिस सुरक्षित स्थानमा गएका छन्। भारी वर्षा र तीव्र गतिको हावाका कारण विद्युत आपूर्ति बन्द भएको छ भने घरमा बाढी पसेको छ । यस्तै लेदोसहितको पहिरोले गाउँको जनजीवन प्रभावित भएको छ ।