हरेक गैरआवासीय नेपालीले हजार डलर नेपाल पठाउने

काठमाडौँ- गैरआवासीय नेपालीहरुले नेपालको डलर अभाव पूर्ति गर्न हजार डलर नेपाल पठाउने प्रतिबद्धता जनाएका छन्।

नेपालमा  डलर अभावको समस्या समाधानमा सघाउन उनीहरुले नेपाली बैंक खातामा डलर पठाउने प्रतिबद्धता गरेका हुन्। संघका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले विदेशी मुद्राको कमी घटाउन अर्थमन्त्री तथा राष्ट्र बैंकका पदाधिकारीसँग छलफल पनि गरेका थिए।

एनआरएनले सबै गैरआवासीय नेपालीहरुलाई नेपालका कुनै बैँकमा डलर एकाउन्ट खोलेर कम्तीमा एक हजार डलर ट्रान्सफर गर्न अनुरोध गर्ने निर्णय गरेको हो।

चैत २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्