‘जुनियर मेगामाइण्ड’ले विद्यार्थी १०  कक्षाभित्रै आविस्कार गर्नसक्नेछन्

काठमाडौँ- नीम एकेडेमीले दूरशिक्षासँगको सयकार्यमा ‘जुनियर मेगामाइण्ड’ नामक कार्यक्रम सार्वजनिक गरेको छ।

संस्थाले आइतबार एक कार्यक्रमबीच ‘जुनियर मेगामाइण्ड’ कार्यक्रम सार्वजानिक गरेको हो । राष्ट्रिय र विश्वव्यापी शिक्षाबीचको विद्यमान खाडललाई कम गर्ने एकमात्र उद्देश्यसाथ जुनियर मेगामाइण्ड लिएर आएको नीम एकेडेमीका सिइओ कृष्णप्रसाद पाण्डेले बताए।

उनका अनुसार जुनियर मेगामाइण्ड दूरशिक्षासँगको सहकार्यमा नीम एकेडेमीद्वारा प्रस्तावित स्टिम पाठ्यक्रमहरुको डिजिटल बन्डल हो।

स्टिम शिक्षा भनेको विज्ञान प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई विद्यार्थीको सोधपुछ, छलफल र समस्या समाधान गर्न मार्गदर्शन गर्ने शिक्षण र सिकाइको डिजिटल अवधारणा हो। यस किसिमको शिक्षाले विद्यार्थीहरुलाई पृथक ढंगबाट सोच्न अभिप्रेरित गर्छ।

मेगामाइण्डको सार्वजनिक पाठ्यक्रम कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई मात्र लक्षित गर्दै तयार पारिएको पाण्डेले बताएका छन्।

अतिरिक्त ज्ञानको यस्तो अभ्यासमा जोडिएपछि विद्यार्थीहरु कक्षा १० सम्म पुग्दै गर्दा विभिन्न आविष्कारका गतिला नमूना सार्वजनिक गर्नसक्ने हुने विश्वास लिइएको छ।

नीम एकेडमी २०१८ मा नीम एजुकेशन फाउण्डेसन (एनइएफ) द्वारा स्थापना गरlएको एक एड-टेक स्टार्टअप हो । यसले मुख्यत रचनात्मक र उच्चस्तरको सिकाइ सामग्रीहरु प्रस्तुत गरेर नेपालमा विद्यमान शिक्षा प्रणालीको गुणस्त उकास्ने लक्ष्य राखेको छ। यस फाउन्डेसनमा नेपाली शिक्षा क्षेत्रमा ३० बर्षभन्दा बढी अनुभव भएका शिक्षाविद् र शिक्षकहरु आवद्ध छन्।

त्यस्तै २०२० मा स्थापित दूरशिक्षा नेपालको एक अग्रणी प्रविधि-प्रशिक्षण कम्पनी हो। दूरशिक्षाले विश्वव्यापी उद्योग आवश्यकताशरुको लागि जनशक्ति निर्माण गरिरहेको छ। दूरशिक्षाको लक्ष्य शिक्षार्थीहरुका लगि पठ्यक्रममा विज्ञता हासिल गर्ने हो।

चैत २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्