सरकारले गभर्नरमाथि लगाएको आरोप पुष्टि नहुन सक्छः पूर्वगभर्नर नेपाल

फाइल तस्बिर।

काठमाडौँ– नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपालले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले लगाएको आरोप पुष्टि नहुने बताएका छन्।

मंगलबार रिपोटर्स क्लबमा बोल्दै पूर्वगभर्नर नेपालले राष्ट्र बैंकका गभर्नर अधिकारीलाई सरकारले लगाएको आरोप पुष्टि नहुने बताएका हुन्।

उनले नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार स्वायत्त संस्था भएकाले सरकारले स्वायत्तता दिनु पर्ने बताए। वित्तीय स्वायत्तता दियो भने केन्द्रीय बैंकले वित्तीय स्थायित्व गर्न सक्ने भन्दै उनले केन्द्रीय बैंकको स्वायत्तता हुनुपर्छ मन्ने मान्यता विश्वभर रहेको दाबी गरे।

उनले केन्द्रीय बैंक र अर्थ मन्त्रालय फरक–फरक रुपमा अगाडि बढ्ने भएकाले अर्थमन्त्री र गभर्नरबीच टसल भइरहने गरेको बताए। पूर्वगभर्नर नेपालले सरकारले स्वायत्त संस्थालाई हस्तक्षेप गर्दा अन्य काम गर्ने कर्मचारीहरुको मनोवल कमजोर हुने दाबी गरे।

गभर्नर निलम्बन नेपालमा मात्रै नभएर विश्वका ठूला राष्ट्रमा पनि हुने गरेको नेपालको भनाइ छ। उनले सरकार र राष्ट्र बैंक सञ्चालनमा छुट्टै कानुन भएकाले कानुन अनुसार चल्नु पर्ने बताए।

राष्ट्र बैंकको काम मौद्रिक नीति बनाएर कार्यान्वयन गर्ने र देशमा वित्तीय स्थायित्व जोगाउने सोधानान्तर स्थितिलाई राम्रो बनाउने, भुक्तानी प्रणालीलाई सुचारु गर्ने र सरकारको सल्लाहकारको रुपमा काम गर्ने संस्था भएको नेपालले बताए।

उनले भने,‘अहिले अर्थतन्त्र केही परिर्वतन भएको हो तर अहिले बाहिर आएजस्तो भएको छ भन्ने मलाई लाग्दैन। नेपाल राष्ट्र बैंकलाई सरकारले नै बनाएको हो। गभर्नर पनि सरकारले नै बनाउने हो। राष्ट्र बैंकका सञ्चालक पनि सरकारले नै नियुक्ति गर्छ। त्यति फरक के हो भन्दा राष्ट्र बैंकको काम मौद्रिक नीति बनाएर कार्यान्वयन गर्ने र देशमा वित्तीय स्थायित्व जोगाउने सोधानान्तर स्थितिलाई राम्रो बनाउने , भुक्तानी प्रणालीलाई सुचारु गर्ने र सरकारको सल्लाहकारको रुपमा काम गर्ने हो। त्यसरी वित्तीय क्षेत्रको सबै काम राष्ट्र बैंकले गर्ने भनेर नेपाल राष्ट्र बैंक ऐन २०५८ मा स्पष्ट रुपमा भएको छ। केन्द्रीय बैंकको आफ्नो कानुन छ।’

पूर्व गभर्नर नेपालले थपे, ‘सरकारले एक किसिमले निलम्बन गरेको छ। हामीलाई के लाग्छ भन्दा सरकारले लगाएका आरोपहरु पुष्टिहरु नहुन सक्छन्। त्यस कारण आरोप लाग्ने लगाउने भन्ने कुरा आफ्नो ठाउँमा कानुनले ल्याएको कुरा मान्दिनँ भन्न मिल्दैन। यस्तो कार्यले केन्द्रीय बैंकमा अन्य कर्मचारीको मनोवल फरक पार्छ।’

त्यस्तै पूर्वगभर्नर नेपालले प्रधानमन्त्री र मन्त्रीहरु सरकारमा आएपछि चुनावमा जनतासँग प्रतिवद्धता गरेका कुरा बजेटमार्फत पूरा गर्ने उद्देश्यले बजेट बजारमा धेरै छर्ने तर केन्द्रीय बैंक संकुचित सोचबाट हिँडने भएकाले दुबैको कुरा नमिल्ने दाबी गरे।

दुबैको काम फरक भए पनि उद्देश्य भने देशको आर्थिक विकासको लागि सँगै समन्वय गरेर अगाडि बढ्ने गरेको बताए। विगत लामो समयदेखि नेपाललगायत विश्वका सबै देशमाहरुमा अर्थमन्त्री र गभर्नरबीच टकराव हुने गरेको दाबी नेपालले गरे।

पूर्व गभर्नर नेपालले कोरोना महामारीपछि केन्द्रीय बैंकले उद्योगी व्यवसायीहरुलाई सम्बोधन गर्ने कुरामा दुई वर्ष नै निरन्तरताको कारण कर्जा विस्तार अत्याधिक भएको बताए। उनले राष्ट्र बैंकले कर्जा प्रवाह नियन्त्रण गर्न नसक्दा बजारमा तरलताको अभाव भएको बताए।

पूर्वगभर्नर नेपालले मुलुकको विदेशी मुद्रा सञ्चितिमा दबाब परेकामा कुनै शंका नभएको बताए। उनले दबाब पनि केही समयपछि विस्तारै सुधार हुँदै जाने बताए। नेपालले अहिले अर्थतन्त्रको विषयमा जति नै बहस गरेर पनि श्रीलंकाको जस्तो अवस्थाबाट अर्थतन्त्र नगुज्रिएको दाबी गरे।

चैत २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्