नदीजन्य वस्तुको उत्खननमा संलग्न सवारी साधन प्रहरीको नियन्त्रणमा

दाङ – दाङमा नदीजन्य वस्तु उत्खनन् र ओसारपसारमा संलग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राप्ती नदीको लमही नगरपालिका–७ हस्नापुर घाटमा नदीजन्य वस्तु उत्खननमा संलग्न पाँचवटा टिपर र दुईवटा जेसिवी उत्खननमा संलग्न रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

अवैध रूपमा गरिएको उत्खनन् नियन्त्रण गर्न लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीलगायत स्थलगत अनुगमनमा निस्किएको टोलीले हस्नापुर घाटमा जेसिवीले उत्खनन् गरिरहेको र स्थानीय क्रसर उद्योगमा डम्पिङ् गरिएको अवस्थामा फेला पारेको थियो ।

‘सो ठाउँबाट उत्खनन् गर्ने अनुमति नै छैन । ठूला मेसिन प्रयोग गर्न पाइँदैन’ नगर प्रमुख केसीले भने, ‘यो उत्खननमा संलग्नहरूको पहिचान गरेर कानुनी दायरामा ल्याउनु पर्छ ।’

स्रोतका अनुसार त्यहाँबाट उत्खनन् भएको नदीजन्य वस्तु नजिकमा रहेको एसआर क्रसर उद्योगमा डम्पिङ् हुँदै आएको थियो।

बैशाख ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्