अछामका न्यायाधीश जोशीलाई सर्वोच्चमा तानियो

काठमाडौँ- अछामका जिल्ला न्यायाधीश नवीनकुमार जोशीलाई सर्वोच्च अदालतमा सरुवा गरिएको छ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले अछामका जिल्ला न्यायाधीश जोशीलाई आइतबार सर्वोच्च अदालतमा काज सरुवा गरेका हुन्।

बलात्कार मुद्दाकी पीडितले बयान फेरेको भन्दै कानुनमै नभएको सजाय सुनाएका जोशीलाई सर्वोच्च अदालतमा सरुवा गरिएको हो।

जिल्ला न्यायाधीश जोशीको इजलासले गत चैत १४ गते अछाम रामारोशनका नन्दराम खनाललाई बलात्कारको झूटा मुद्दा लगाएको भन्दै एक किशोरीलाई साढे तीन वर्ष कैद सजाय गरेको थियो।

न्यायाधीश जोशीमाथि न्याय परिषदले छानबिन गरिरहेको स्रोतले जानकारी दिएको छ।

न्यायाधीश जोशीले अध्यादेशमाथि टेकेर किशोरीलाई सजायको फैसला गरे पनि त्यो कानुन नै अस्तित्वमा नरहेको सर्वोच्च स्रोतले उल्लेख गरेको छ।

प्रचलित कानुनमा झूटा मुद्दा लगाउनेलाई तीन महिनासम्म कैद वा पाँच हजार जरिवाना अथवा दुवै सजाय हुने व्यवस्था छ।

बैशाख ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्