रुसले भन्यो-अमेरिका र पश्चिमी देशका कारण युक्रेनमा आफ्नो कारबाही लम्बियाे

रुसले युक्रेनमा आफ्नो ‘सैन्य अभियान’ लम्बिनुमा अमेरिका र पश्चिमी देशहरूलाई दोष लगाएको छ।

रुसी रक्षामन्त्री सर्गेई ‍शाेइगुले युक्रेनमा आफ्नो देशको ‘सैन्य अभियान’ लाई लम्ब्याउन अमेरिका र पश्चिमा देशले सबै प्रयास गरिरहेको दाबी गरेका हुन् ।

युक्रेनमा विदेशी हतियारको आपूर्तिमा भएको वृद्धिले अमेरिका र पश्चिमा मुलुकको नियत अन्तिमसम्म युक्रेनसँग लड्ने स्पष्ट रहेको सोइगीले बताए ।

उनले रुसी सेनाले डोनेट्स्क र लुहान्स्कलाई मुक्त गर्न एकपछि अर्को व्यवस्थित कदम चालेको पनि बताए।

रुसी टेलिभिजन च्यानल रसिया- २४ च्यानलले रक्षामन्त्रीले त्यसको उल्लेख गरेको जनाएकाे हाे ।

रक्षामन्त्रीले देशका उच्च सैन्य अधिकारीहरूको सल्लाहकार समितिसँग यस विषयमा छलफल गरिरहेको च्यानलले जनाएको छ ।

तर, उक्त छलफल रेकर्ड गरिएको हो वा प्रत्यक्ष प्रशारण गरिएको हो भन्ने अझै स्पष्ट भएको छैन। पछिल्ला दिनहरूमा उनको स्वास्थ्य खराब भएको खबर आएको थियो ।

बैशाख ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्