९० प्रतिशत रुसी जनता युद्धकाे विरुद्धमा छन् : रुसी अर्बपति टिन्काेभ

रुसले युक्रेनमा हमला गरेपछि अहिले आफ्नै जनताको विरोधको सामना गरिरहेको छ। रुसका प्रख्यात अर्बपतिले ९० प्रतिशत रुसी गृहयुद्धको विरुद्धमा रहेको बताएका छन्।

पश्चिमी देशहरूबाट प्रतिबन्धको सामना गरिरहेका ५४ वर्षीय ओलेग टिन्कोभले एक इन्स्टाग्राम पोस्टमा लेखेका छन्, ‘म यो उन्मादपूर्ण युद्धबाट कुनै पनि पक्षलाई फाइदा भएको देख्दिनँ। निर्दोष मानिस र सैनिक मारिएका छन्।’

रुसी भाषाको पोष्टमा टिन्कोभ भन्छन्, ‘९० प्रतिशत रुसी नागरिक पनि यो युद्धको विरुद्धमा छन्। बाँकी १० प्रतिशत मूर्ख छन्।’

टिन्काेभ रुसका प्रख्यात व्यापारीहरू मध्ये एक हुन्। उनले सन् २००६ मा टिङ्कफ बैंक स्थापना गरेका थिए।

युक्रेनमा रुसले आक्रमण गर्नुअघि टिन्कोभको सम्पत्ति करिब ४.४ बिलियन डलर थियो।

तर, फोर्ब्सको रिपोर्ट अनुसार गत महिना टिन्कोभको बैंकको सेयरमा तीव्र गिरावट आयो र उनको अर्बपतिको हैसियत खोसियो।

यसैबीच, टिङ्कफ बैंकले एक विज्ञप्ति जारी गरी संस्थापकको व्यक्तिगत विचारमा टिप्पणी नगर्ने स्पष्ट पारेको छ। किनभने टिङ्कफले अब यस बैंकसँग सम्बन्धित निर्णयहरू लिने छैन।

बैशाख ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्