युक्रेन-रुस‍ युद्ध

युक्रेनी राष्ट्रपति जेलेन्सीकाे दावी : रुसभन्दा राम्राे हतियार भए युद्ध समाप्त भइसक्थ्याे

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की । तस्बिर : रोयटर्स

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशसँग रुसभन्दा राम्रो हतियार भएको भए युद्ध समाप्त भइसक्ने बताएका छन्।

उनले आफ्नाे सम्बाेधनका क्रममा भने, ‘मेरो सबै अन्तर्वार्ता र नेताहरूसँगको कुराकानीमा, मैले भनेको छु कि यो बिल्कुल गलत हो कि युक्रेन अझै वर्षौंदेखि आफ्ना सहयोगीहरूसँग भएका हतियार माग्न बाध्य छ।’

यदि युक्रेनलाई आवश्यक पर्ने हतियार र गोलाबारुद सहयाेगी देहहरूसँग छ भने स्वतन्त्रताको रक्षामा हजारौं युक्रेनीहरूको जीवन बचाउन मद्दत गर्नु उनीहरूको नैतिक कर्तव्य भएको उनले बताए।

देशले अझै पनि हतियारहरू पाएको खण्डमा यसले हजारौँको ज्यान बचाउने राष्ट्रपति जेलेन्सीकाे भनाइ छ।

उनले खार्किभ र डोनबासका अन्य पूर्वी क्षेत्रहरूमा रुसको आक्रमण तीव्र भइसकेको र अब आवासीय क्षेत्रहरूलाई निशाना बनाउँदै गएको बताए।

जेलेन्स्कीले मारिपोलबाट रुसी क्षेत्राधिकार अन्तर्गतका क्षेत्रमा बसाइँ सरेका हजारौँ मानिसको भविष्य अन्धकार भएको पनि बताए।

बैशाख ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्