युक्रेन-रुस युद्ध: मारिपाेलमा पूरै कब्जा गरेकाे रुसकाे दावी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन। तस्बिरः एजेन्सी

रुसको सरकारी मिडियाले युक्रेनको मारिपाेल अहिले मस्कोको सेनाको कब्जामा रहेको दाबी गरेको छ।

यसैबीच राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई मारिपोलकाे अजाेवस्तलमा बम नखसाल्न पनि आदेश दिएको बताइएको छ।

पुटिनले आफूले मात्र सुरक्षित रूपमा स्टिल प्लान्ट बन्द गर्न चाहेको बताएका छन्। उनले सेनालाई यस औद्योगिक क्षेत्रमा एउटा झिँगा पनि प्रवेश गर्न नपाओस् भनी छेकबार गर्न लगाएका छन्।

रुसी सेनाका अनुसार यो स्टिल प्लान्टबाहेक अहिले पूरै मारिपोल सहर आफ्नो नियन्त्रणमा रहेको छ। यो स्टिल प्लान्ट त्यो ठाउँ हो- जहाँ युक्रेनी लडाकुहरू छन् र एक हजार युक्रेनी नागरिकहरू पनि यहाँ कठिन परिस्थितिमा बसिरहेका छन्।

पुटिनले रक्षामन्त्री सर्गेई शोइगुसँगको कुराकानीमा यस्तो आदेश दिएका हुन्। पुटिनले मारिपोलमा अपरेसनको सफलताको लागि रक्षामन्त्रीलाई बधाईसमेत दिए।

रक्षामन्त्री शोइगुले पुटिनलाई उनले यो प्लान्टबाहेक सम्पूर्ण मारिपोल अहिले रुसको नियन्त्रणमा रहेको बताए।

बैशाख ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्