बस्नेतले पाए चुनाव जिताउने समन्वय समितिको संयोजकको जिम्मेवारी

काठमाडौँ – कांग्रेसले केन्द्रीय सदस्य जितजंग बस्नेतलाई जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिू को संयोजकको जिम्मेवारी दिएको छ।

गठबन्धन तथा कांग्रेसका उम्मेदवारलाई जिताउने जिम्मेवारीसहित बस्नेतलाई उपसमितिको संयोजकको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले दिएका हुन्।

बस्नेतलाई संघ, प्रादेशिक राजधानीमा रहेका जिल्ला सम्पर्क समितिलाई स्थानीय तहको निर्वाचनमा सम्बन्धित स्थानीय तहमा गई पार्टी र गठबन्धनका दलका उम्मेदवारलाई विजयी गराउन भनिएको छ।

त्यस्तै स्थानीय तह भन्दा बाहिर जिल्लामा रहेका मतदातालाई सम्बन्धित स्थानीय तहमा गई मतदान गर्न प्रेरित गर्नका लागि आवश्यक वातावरण बनाउनुपर्नेछ। बस्नेतले जिल्ला सम्पर्क समिति र जिल्ला र पालिका वडा पार्टीसँग समन्वय गराई परिचालन गर्ने जिम्मेवारी पाएका छन्।

बैशाख ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्