१ करोड ३६ लाख मतपत्र छापियो, महानगरको मतपत्र उम्मेदवारी दर्ता पछि मात्रै छापिने

निर्वाचन आयोग नेपाल

काठमाडौँ– निर्वाचन आयोगले ६ वटा महानगरपालिकामा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छपाइ गर्ने भएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ६ वटा महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि मात्र छापिने आयोगले निर्णय गरेको जानकारी दिए।

महानगरपालिकाका मतपत्रमा राष्ट्रिय दलहरुले समेत जुन–जुन पदमा उम्मेदवारी दिन्छन्, त्यहाँ चुनाव चिह्न राखिने भएको छ। उम्मेदवारी नदिएको पदमा चुनाव चिह्न नरहने भएको छ। त्यसले मतदान कार्यमा मतदातालाई सहज बनाउने विश्वास आयोगले लिएको  आयोग पदाधिकारीको भनाइ छ।

१ करोड ९४ लाखमध्ये १ करोड ३६ लाख मतपत्र छपाइ सकिएको छ। अब ६ वटा महानगरपालिका भक्तपुर जिल्लासहित १८ वटा जिल्लाको मतपत्र छाप्न बाँकी रहेको आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी दिए।

बैशाख १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्