काठमाडौँकाे मेयरमा उठ्न स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा

काठमाडौँ – बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिएका छन्। प्रदेश राजधानी हेटौँडा पुगेर उनले आइतबार पदबाट राजीनामा दिएका हुन्।

राजीनामा पत्र उनले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाए। राजीनामापछि अब काठमाडौँ महानगरपालिकाको प्रमुख (मेयर) पदमा मनोनयन दर्ता गरिने स्थापितले बताए।

प्रदेशको पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहेका उनी काठमाडौँ महानगरपालिकाको दोस्रोपटक मेयरमा उम्मेदवारी दिन लागेका हुन्।

बैशाख ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्