धनगढी– कैलालीको एक मुक्त कमैया शिविरमा आगलागी भएको छ। कैलारी गाउँपालिका–७ मा रहेको मुक्त कमैया शिविरमा आगलागी भएको हो।

आइतबार दिउँसो कैलारी गाउँपालिकास्थित विपतपुर शिविरमा आगलागी भएको वडाअध्यक्ष कमल प्रसाद चौधरीले बताए।

उनका अनुसार आगलागीबाट बस्तीका ७३ घरधुरी जलेर सखाप भएका छन्। उनका अनुसार हालसम्म मानवीय क्षति भएको छैन तर आगो अझै नियन्त्रणमा आएको छैन।

आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको टोली, कैलाली प्रहरी, स्थानीय र २ ओटा दमकलले प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

तर आगो भने नियन्त्रणमा आएको छैन। आगलागीको कारण भने खुलेको छैन।

बैशाख ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्