काठमाडौँको मेयरमा समीक्षा बास्कोटाद्वारा उम्मेदवारी दर्ता

समीक्षा बास्कोटा।

काठमाडौंँ – समीक्षा बास्कोटाले काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी छन्।

उनले विवेकशील साझा पार्टीबाट मेयर पदका लागि उम्मेदवारी दर्ता गरेकी हुन्। उनको मनोयन पत्रको प्रस्तावकमा मोदन श्रेष्ठ र समर्थकमा विन शाह छन्।

बास्कोटा विवेकशील साझा पार्टी, बागमती प्रदेशीको पूर्व संयोजक र अहिले केन्द्रीय कार्य सम्पादन समितिकी सदस्यसमेत हुन्।

बास्कोटाले काठमाडौँ स्कूल अफ लबाट कानुनमा स्नातक र अमेरिकाबाट स्नातकोत्तर गरेकी छन्। कानुन व्यवसाय तथा उद्यमीका रुपमा विगतमा क्रियाशील रहे पनि अब जीवनमा राजनीतिलाई निरन्तर अगाडि बढाउने उनले बताएकी छन्।

उनी ०७४ सालको प्रदेशसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं. १ ‘क’बाट उम्मेदवार थिइन्। त्यस्तै उपमेयर पदमा भने सोही पार्टीबाट कीर्ति तुलाधरले उम्मेदवारी दर्ता गराएकी छन्।

बैशाख ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्