एमालेले दाङका सबै पालिकामा उम्मेदवार टुंगो लगायो

दाङ– दाङका १० पालिकामा नेकपा एमालेले आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ।

एमाले दाङका सचिव मनोहर बुढाथोकीका अनुसार तुलसीपुर उपमहानगरपालिकाको मेयरको टिकट टिकाराम खड्का र उपमेयरको टिकट स्यानी चौधरीले पाएकी छन्।

घोराही उपमहानगरपालिकाको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसीले पाएकी छन्।

लमही नगरपालिकाको प्रमुखको टिकट दण्डीराम चौधरी र उपप्रमुखमा सुशीला शर्मालाई दिने निर्णय भएको छ। बबई गाउँपालिका अध्यक्षको टिकट भुवनेश्वर पौडेल र उपाध्यक्षमा सावित्री विश्वकर्माले पाएकी छन्।

दंगिशरण गाउँपालिका अध्यक्षको उम्मेदवार एमएन शाह र उपाध्यक्षमा बुदनी चौधरीले पाएकी छन्। शान्तिनगर गाउँपालिकामा अध्यक्षको उम्मेदवार बिष्णु बहादुर केसी र उपाध्यक्षको उम्मेदवार कमला भण्डारी हुने भएकी छन्।

बङ्गलाचुली गाउँपालिका अध्यक्षको टिकट भेषराज खत्री र उपाध्यक्षको टिकट सरस्वता घर्तीले पाएकी छन् । राप्ती गाउँपालिका अध्यक्षको टिकट जगत पोख्रेल र उपाध्यक्षमा कमलापति चौधरीले उम्मेदवारको टिकट पाएकी छन्।

गढवा गाउँपालिका अध्यक्षको टिकट सहजराम यादव र उपाध्यक्षमा सीता चौधरीले पाएकी छन्। राजपुर गाउँपालिका अध्यक्षको टिकट कुलराज गिरी र उपाध्यक्षको टिकट सीता यादवले पाएकी छन्।

बैशाख ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्