काठमाडौँ – सुनको मूल्य सोमबार प्रतितोलामा तीन सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार तेजावी सुनको मूल्य तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार तीन सय ५० रुपैयाँ तोकिएको छ ।

बैशाख १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्