काठमाडौँ– स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुले आफ्नो मनोनयन दर्ता गरिरहेका छन्।

मनोनयन दर्ताको पहिलो दिन आइतबार अपेक्षा गरिएभन्दा कम मात्रै मनोनयन दर्ता भएको थियो। दोस्रो तथा अन्तिम दिन सोमबार भने निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नेहरुको चहलपहल बढेको छ।

काठमाडौँ महानगरपालिकाका मेयर, उपमेयरसहित विभिन्न पदमा उम्मेदवारी दिन विभिन्न दलका उम्मेदवारहरु राष्ट्रिय सभागृह पुगेका छन्। उनीहरु आफ्ना समर्थकसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका हुन्।

काठमाडौँ महानगरमा एमालेबाट मेयर तथा उपमेयरका उम्मेदवार केशव स्थापित र सुनिता डंगोलले पनि उम्मेदवारी दर्ता गराएका छन्। यस्तै राप्रपाका तर्फबाट मेयरमा उम्मेदवारी दर्ता गर्न कलाकार मदनदास श्रेष्ठ पनि राष्ट्रिय सभागृह पुगेका छन्।

आज नेपाली कांग्रेस, एमाले, एकीकृत समाजवादी, राप्रपालगायतका उम्मेदवारले उम्मेदवारी दर्ता गर्दैछन्। मनोनयन दर्ताको पहिलो दिन आइतबार काठमाडौँको मेयरमा १६ र उपमेयरमा १७ जनाले उम्मेदवारी दर्ता गराएका थिए।