लम्कीचुहाको मेयरमा कांग्रेसले दुई जनालाई टिकट दिएपछि विवाद चर्कियो

धनगढी– कैलालीको लम्की–चुहा नगरपालिकामा नेपाली कांग्रेसले एउटै पालिकामा दुई जनालाई टिकट दिएको खुलेको छ। गठबन्धन गर्दा उक्त पालिका नेपाली कांग्रेसको भागमा परेको थियो।

पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सुशिला शाहीलाई र प्रदेश सभापति वीरबहादुर बलायरले भक्त थापालाई टिकट दिएको खुलेको छ।

उनीहरु दुबै जनाले आफू आधिकारिक उम्मेदवार भएको दाबी गरिरहेका छन्। दुबैको दाबीपछि अहिले लम्कीमा विवाद चलिरहेको छ।

मनोनयन दर्ताकै दिन दुबै जनाले आफूलाई आधिकारिक उम्मेदवार भनेपछि विवाद पैदा भएको छ। यता, नगर कार्यसमितिले भने टिकट दिने अधिकार भएको व्यक्तिबाट पाएको टिकटलाई आधिकारिक मानिने जनाएको छ।

बैशाख १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्