गठबन्धनबाट काठमाडौँ महानगरको उपमेयरमा श्रेष्ठको उम्मेदवारी दर्ता

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा गठबन्धनको तर्फबाट रामेश्वर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।

एकीकृत समाजवादीको भागमा परेको उपप्रमुखमा श्रेष्ठको नाम चयन भएको थियो।

सोमबार राष्ट्रियसभा गृहमा उम्मेदवारी दर्ता गराउँदै श्रेष्ठले काठमाडौँलाई व्यवस्थित बनाउने प्रतिबद्धता जनाए।

उनले भने, ‘महानगरपालिकालाई दियो र व्यवस्थित गर्ने काम गर्छौै। शिक्षा र स्वास्थ्यलाई प्राथामिकता दिने छौँ। निशुल्क गर्छौ।’

उनले फोहोर व्यवस्थापनमा पनि ध्यान दिने बताए। ‘फोहोरको समस्या छ, यसको समाधानका लागि ट्रकमा हालेर जाने परम्परा तोडेर फोहोर प्रशोसधन केन्द्र बनाउने छौँ, श्रेष्ठले भने।

बैशाख १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्