विराटनगरमा एमालेबाट एकैपटक उम्मेदवार मनोनयन दर्ता

मोरङ – एमालेबाट विराटनगर महानगरपालिकाभित्र एकैपटक उम्मेदवार मनोनयन दर्ता गरिएको छ।

विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार अपराह्न करिब ४ बजे एमालेका तर्फबाट उम्मेदवार मनोनयन दर्ता गराएका थिए।

सो क्रममा मेयरका उम्मेदवार सागर थापाले जनताको विश्वास गुम्न नदिने गरी महानगरमा काम गर्ने बताए।

महेन्द्र–मोरङको स्ववियु सभापतिदेखि विराटनगरसम्मको यात्रामा आफूले महानगरको चुनौती र समस्या नजिकबाट नियालेको बताएका उम्मेदवार थापाले पार्टी संगठन बलियो भएको हँुदा आफ्नो जित सुनिश्चित भएको बताए।

उनले भने, मेरो उम्मेदवारी जनताको विश्वासमा टिकेको छ। मेरो उम्मेदवारीको फाइल जनताको विश्वासको फाइल हो।’

महानगरको जल्दोबल्दो चुनौती डुबान रहेको बताएका उनले त्यसको समाधान आफ्नो प्राथमिकतामा रहेको उल्लेख गरे। विराटनगरलाई शैक्षिक क्षेत्र, चिकित्सा क्षेत्रलाई हबका रुपमा विकास गर्नेमा जोड दिएका थापाले प्रदेश १ को राजधानी यथार्थको राजधानी निर्माणको संरचना बन्ने बताए।

सो क्रममा उपमेयरकी उम्मेदवार शिल्पा निराला कार्कीले पनि उम्मेदवारी मनोनयन दर्ता गराएकी थिइन्।

बैशाख १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्