७५३ पालिकामा १ लाख उम्मेदवार

काठमाडौँ- आगामी वैशाख ३० गतेका लागि देशभभरिका ७५३ पालिकाहरुमा १ लाखले उम्मेदवारी दर्ता गराएका छन्।
देशभरका २९३ महानगर, उपमहानगर र नगरपालिकामा मेयर पदका लागि १ हजार ६ सय ४६ जनाको उम्मेदवारी परेको छ। त्यस्तै, उपमेयर पदका लागि २ हजार ८ सय ६३ जनाको उम्मेदवारी परेको छ।
निर्वाचन आयोगले राति साढे १० बजेको विवरणमा उल्लेख गरेअनुसार ४६० गाउँपालिकाको अध्यक्ष पदमा २ हजार ८ सय ६३ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्ष पदका लागि १ हजार ९ सय ५६ जनाको उम्मेदवारी परेको छ।
देशभरका कुल ६ हजार ७४३ वडाको वडाध्यक्षमा २४ हजार १ सय १८ जनाको उम्मेदवारी परेको छ भने ७ हजार ६ सय ९३ महिला सदस्य पदका लागि १६ हजार ६ सय ५५ जनाको उम्मेदवारी परेको छ। वडा सदस्यका लागि ३४ हजार ७ सय ९३ जनाको उम्मेदवारी परेको छ भने दलित महिलातर्फ १४ हजार ९ सय ६९ जनाको उम्मेदवारी परेको आयोगले जानकारी दिएको छ।