देशभरिमा १ लाख ४७ हजारभन्दा बढी उम्मेदवार, मधेसमा सबैभन्दा बढी, सुदूरपश्चिममा कम

काठमाडौँ– वैशाख ३० गते हुने स्थानीयत तहको निर्वाचनका लागि देशभर १ लाख ४७ हजार २७४ जनाको उम्मेदवारी दर्ता भएको छ।
निर्वाचन आयोगले मंगलबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार मेयरमा ३ हजार ४३०, उपमेयरमा २ हजार ९७, अध्यक्षमा ३ हजार ३६३ र उपाध्यक्षमा २ हजार ३८२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै वडाध्यक्षमा ३४ हजार ३५७, महिला सदस्यमा २५ हजार ३४५, दलित महिला सदस्यमा २२ हजार ८९९ र सदस्यमा ५३ हजार ४०१ जना गरी कुल १ लाख ४७ हजार २७४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ। मनोनयन दर्ताको संख्यात्मक विवरण अपडेट गर्ने कार्य भइरहेको पनि आयोगले जानकारी दिएको छ।
आयोगका अनुसार प्रदेश १ मा २२ हजार ५४२, मधेस प्रदेशमा ३८ हजार ७८७, बागमती प्रदेशमा २४ हजार ३३, गण्डकी प्रदेशमा १२ हजार ७८७, लुम्बिनी प्रदेशमा २३ हजार ४९, कर्णाली प्रदेशमा १३ हजार ४०३ र सुदूरपश्चिममा १२ हजार ६७३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
विस्तृत सूची :
https://drive.google.com/file/d/1zcmZzNolXNXVQmzakWcYVtYyT7zhQmdJ/view?usp=sharing