आजकाे माैसम : पहाडी भूभागमा वायुकाे प्रभाव, यी क्षेत्रमा वर्षा हुने

फाइल तस्बिर

काठमाडाैँ- हाल देशको पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज (बुधबार)दिउँसो देशको गण्डकी प्रदेश र प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश र मधेश प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १ का पहाडी भूभागका केही स्थानहरू र गण्डकी प्रदेश, बागमती प्रदेश र मधेस प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

राति देशको प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ।

बैशाख १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्