निर्वाचन आयोगद्वारा महानगरमा ८ जना जनशक्ति थप

निर्वाचन आयोग नेपाल

काठमाडौँ –निर्वाचन आयोगले ६ वटा महानगरपालिकाको लागि निर्वाचन सञ्चालन तथा व्यवस्थापनका गर्न भन्दै जनशक्ति थप गरेको छ। आयोगले अधिकृतसहित ८ जना जनशक्ति थप्ने निर्णय गरेको हो।

स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका २०७८ को दफा ५ को उपदफा (१) मा उल्लेख भएको जनशक्तिको अतिरिक्त मतपत्र रुजु गरी पठाउनको लागि महानगरपालिकाको हकमा सोही निर्देशिकाको दफा ५ (९) बमोजिमको अवधिभरको लागि शाखा अधिकृत २ जना, सहायक कर्मचारी २ जना, कम्प्युटर अपरेटर १ जना, सवारी चालक १ जना र कार्यालय सहयोगी २ जना थप गर्ने निर्णय गरेको सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी दिए।

बैशाख १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्