दलीय गठबन्धनका नेता–कार्यकर्ताद्वारा निर्वाचन कार्यालय घेराउ

मोरङ – दलीय गठबन्धनका नेता–कार्यकर्ताले विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय घेराउ गरेका छन्।

महानगरपालिकाको उपमेयरमा एमालेतर्फबाट उम्मेदवारी दिएकी शिल्पा निराला कार्कीको उम्मेदवारी खारेजी माग गर्र्दै निर्वाचनमा होमिएका गठबन्धनका नेता–कार्यकर्ताले शुक्रबार कार्यालय घेराउ गरेका हुन्।

एकीकृत समाजवादीका महानगर अध्यक्ष पारुल क्षेत्रीले उपमेयर कार्कीविरुद्ध परेको उजुरी सदर हुनु आपत्तिजनक भएको जानकारी दिए।

विराटनगरस्थित कोसी अस्पताल विकास समितिको सदस्यमा रहेको अवस्थामा निर्वाचनमा उम्मेदवारी दिन नमिल्ने उनको भनाइ छ। त्यसैगरी, जसपाका युवा नेता राकेशरोशन यादवले मुख्य निर्वाचन कार्यालयले एमाले उपमेयरको उम्मेदवारी तत्काल बदर गर्न माग गरेका थिए।

यसअघि दलीय गठबन्धनअन्तर्गत जसपाका उपमेयर उम्मेदवार अमरेन्द्र यादवले मंगलबार एमाले उम्मेदवार कार्कीविरुद्ध उजुरी दिएका थिए।

बैशाख १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्