बूढीखोलाले बगाउँदा एक बालिका बेपत्ता

मोरङ – मोरङ हुँदै बग्ने बूढीखोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार दिउँसो मोरङको बूढीगंगा गाउँपालिकास्थित खोलाले बगाउँदा ८ वर्षीया रुसिना खातुन बेपत्ता भएकी हुन्।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले गाउँपालिका–२ का मजलुम मिँयाकी छोरीलाई खोलाले बगाएको हो। प्रहरी प्रमुख कोइरालाका अनुसार खातुन दिदीसँग पौडी खेल्न खोलामा पसेकी थिइन्।

प्रहरीका अनुसार दिउँसो करिब १ बजे दिदी सुहाना खातुन पौडिएर बाहिर निस्किए पनि बहिनी रुसिनालाई खोलाले बगाएको थियो। सो घटनासँगै सुहानाले स्थानीय गाउँले र प्रहरीलाई खबर गरेकी थिइन्।

बेपत्ता बालिकाको सन्दर्भमा प्रहरीले पौडी खेलेको स्थान र आसपास खोजी गरे पनि बालिकाको अवस्था पत्ता लगाउन सकेको छैन। प्रहरीले बेपत्ता अवस्थामा रहेकी बालिकाको खोजी कार्यलाई तीव्रता दिएको छ।

 

बैशाख १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्