कांग्रेस परित्याग गरी राप्रपा प्रवेश गरेका उम्मेदवारलाई ज्यान मार्ने धम्की

काठमाडौँ-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रस परित्याग गरी राप्रपा प्रवेश गरेका सन्तोष अर्याललाई ज्यान मार्ने धम्कीप्रति सरकार र निर्वाचन आयाेगकाे ध्यानाकर्षण गराएको छ।

राप्रपाले प्रेस विज्ञप्ति जारी गरी ध्यानाकर्षण गराएकाे हाे।

अर्याल काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५ का वडाध्यक्षका उम्मेदवार हुन्।

अर्याललाई परिचित व्यक्तिले कांग्रेस हराउन हिँडेको भनी ज्यान मार्ने धम्की दिएको राप्रपाले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ।

राप्रपाले विज्ञप्तिमार्फत् राजनीतिक दल छान्ने व्यक्तिको निजी अधिकारमाथि धावा बोल्ने काम लोकतन्त्रमा सह्य नहुने बताउँदै दोषीलाई कारबाही गर्न सरकार र निर्वाचन आयाेगलाई आग्रह गरेकाे छ।

बैशाख १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्