उम्मेदवार नभएकालाई पनि दिइयो निर्वाचन चिन्ह

१ लाख ४५ हजार मात्रै उम्मेदवार मैदानमा भिड्दै

नेकपाको आधिकारिकता दाबी गर्न प्रचण्ड–नेपाल पक्ष निर्वाचन आयोगमा ।

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिव आठ हजार उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएको जनाएको छ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिव एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिव ८ हजारले फिर्ता लिएको जानकारी दिए।

‘उम्मेदवारी फिर्ता लिनेको संख्या करिव ८ हजार छ। एक लाख ५३ हजार उम्मेदवारी परेको थियो भने त्यसमा करिव ८ हजार जति उम्मेदवारले फिर्ता लिएका छन् । त्यसमा करिव एक लाख ४५ हजार उम्मेदवार कायम हुने देखिन्छ’ उनले भने।

उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने काम शनिबार सम्पन्न भएको उनले बताए। निर्वाचन चिन्ह प्राप्त गरेपछि उम्मेदवार अब ११ दिन चुनाव प्रचार प्रसारमा खटिने भएका छन्।

निर्वाचन आयोगको कार्यतालिका अनुसार शनिबार अपरान्ह ५ बजेसम्म उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान कार्यक्रम थियो । शुक्रबार स्थानीय तह निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिएको थियो।

बैशाख १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्