खोटाङमा ४१५ जनप्रतिनिधिका लागि १ हजार २८१ उम्मेदवार चुनावी मैदानमा

काठमाडाैँ- खोटाङका १० स्थानीय तहका ४१५ जनप्रतिनिधिका लागि १ हजार २८१ जनाको उम्मेदवारी परेको छ। दुई नगरपालिका, आठ गाउँपालिका र ७९ वडाका लागि जम्मा १ हजार ३३० जनाले मनोनयन दर्ता गराएकाेमा उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा आइपुग्दा १ हजार २८१ जनाको उम्मेदवारी कायम भएको हो।

१० जना अध्यक्ष/प्रमुखका लागि ३९ जना र १० उपाध्यक्ष/उपप्रमुखका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले जानकारी दिए।

७९ वडाध्यक्षका लागि २७८ जनाको उम्मेदवारी कायम भएको छ। यस्तै, हरेक वडामा दुई जनाका दरले निर्वाचित हुने १५८ खुला सदस्यका लागि ४८८ जना, ७९ जना महिला वडा सदस्यका लागि २३० र ७९ जना दलित महिला सदस्यका लागि २१७ जनाको उम्मेदवारी परेको छ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका प्रमुखमा ४ जना, उपप्रमुखमा ३ जना, वडाध्यक्षमा ५९, वडा सदस्यमा १११, महिला सदस्यमा ४९ र दलित महिला सदस्यमा ४९ जनाको उम्मेदवारी कायम भएको छ।

हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा ७ जना, उपप्रमुखमा ३ जना, वडाध्यक्षमा ३६, वडा सदस्यमा ६२, महिला सदस्यमा ३० जना र दलित महिला सदस्यका लागि २९ जना चुनावी मैदानमा उत्रिएका छन्।

यस्तै, साकेला गाउँपालिका अध्यक्षमा ३, उपाध्यक्षमा ४, वडाध्यक्षमा २० जना, वडा सदस्यमा ३८, महिला सदस्यका लागि १७ र दलित महिला सदस्यका लागि १४ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा ६ जना, उपाध्यक्षमा ४ जना, वडाध्यक्षमा ३० जना, वडा सदस्यमा ४६, महिला सदस्यमा २३ जना र दलित महिला सदस्यमा २१ जना, खोटेहाङ गाउँपालिका अध्यक्षमा २, उपाध्यक्षमा २, वडाध्यक्षमा २५ जना, वडा सदस्यमा ४२, महिला सदस्यमा २१ र दलित महिला सदस्यमा १९ जना चुनावी मैदानमा छन्।

यस्तै, रावाबेँसी गाउँपालिका अध्यक्षमा ४ जना, उपाध्यक्षमा ४ जना, वडाध्यक्षमा २७, वडा सदस्यमा ३५, महिला सदस्यमा १६ र दलित महिला सदस्यमा १८, ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा ५, उपाध्यक्षमा ३, वडाध्यक्षमा २३, वडा सदस्यमा ३८, महिला सदस्यमा १९ र दलित महिला सदस्यमा १८ जना, बराहपोखरी गाउँपालिका अध्यक्षमा २, उपाध्यक्षमा २, वडाध्यक्षमा १७, वडा सदस्यमा ३८, महिला सदस्यमा १७ र दलित महिला सदस्यमा १४ जनाको उम्मेदवारी कायम भएको छ।

केपिलासगढी गाउँपालिकामा ३ जना, उपाध्यक्षमा ३, वडाध्यक्षमा २३, वडा सदस्यमा ४६, महिला सदस्यमा २३ र दलित महिला सदस्यमा २२, जन्तेढुंगा गाउँपालिकामा प्रमुखमा ३ जना, उपाध्यक्षमा २ जना, वडाध्यक्ष १८, वडा सदस्य ३२, महिला सदस्यमा १५ र दलित महिला सदस्यमा १३ चुनावी मैदानमा उत्रिएका छन्।

बैशाख १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्