प्रिमियर लिग : युनाइटेडकाे सानदार जित

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएकाे खेलमा म्यानचेस्टर युनाइटेडले जित निकालेकाे छ।

युनाइटेडले ब्रेन्टफाेर्डलाई ३-० अन्तरले पराजित गरेकाे हाे।

युनाइटेडलाई घरेलु मैदान ओल्ड ट्राफोर्डमा जिताउन ब्रुनो फर्नान्डेज, क्रिस्टियानाे रोनाल्डो र राफेल भरानेले १-१ गोल गरे ।

खेलकाे नाै मिनेटमा फर्नान्डेजले गाेल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। ६१ औँ मिनेटमा राेनाल्डाेले पेनाल्टीमार्फत् गाेल गरी युनाइटेडकाे अग्रता दाेब्बर पारे। ७२ औँ मिनेटमा भरानेले गाेल गर्दै युनाइटेडलाई सानदार जित दिलाए।

खेलमा जित निकालेसँगै युनाइटेड ३६ खेलबाट ५८ अंक जोड्दै छैटौं स्थानमा छ। पराजित ब्रेन्टफोर्ड ३५ खेलबाट ४० अंक बनाउँदै १४औँ स्थानमा छ।

बैशाख २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्