प्रश्नकर्ता युवतीमाथि केशव स्थापितको अर्को आपत्तजनक टिप्पणी

प्रश्नकर्ता युवतीमाथि केशव स्थापितको अर्को आपत्तजनक टिप्पणी
+
-

काठमाडौँ- काठमाडौं महानगरपालिकाका मेयरका उम्मेद्वार केशव स्थापितले सार्वजनिक कार्यक्रममा मिटु अभियानबारे प्रश्न गर्ने युवतीमाथि फेरि आपत्तिजनक टिप्पणी गरेका छन्।

मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० ले आयोजना गरेको एक कार्यक्रममा स्थापितले मिटु अभियानबारे प्रश्न गर्ने युवती मान्छे पनि हो कि हैन जस्तो लागेको भनेर टिप्पणी गरेका छन्।

प्रश्नकर्तामाथि अपमानजनक व्यवहार र असभ्य जवाफ दिएको भनेर स्थापितमाथि भएको चर्को आलोचना सेलाउन नपाउँदै तिनै युवतीमाथि उनले आपत्तिजनक टिप्पणी गरेका हुन्।

केही दिनअघि राजधानीको नेशनल कलेजले आयोजना गरेको उम्मेदवारसँग अन्तर्क्रिया कार्यक्रममा अभियानकर्मी भावना राउतले मिटु आरोपबारे स्थापितलाई प्रश्न गरेकी थिइन्।

राउतको प्रश्नबाट आक्रोशित स्थापितले ती युवतीमाथि दुर्व्यवहार गरेका थिए। उनले ती युवतीलाई भनेका थिए-  ‘यु आर नाइस लेडी, तर थुतुनो ठिक छैन।’

मंगलबारको कार्यक्रममा पनि स्थापितले  प्रश्नकर्ता राउतको नाम नलिई अपमानजनक तरिकाले प्रश्न सोधिएकोले आफूले पनि त्यस्तै जवाफ दिएको बताए।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’