‘सम्झनामा रमाप्रसाद रिजाल’ सार्वजनिक

विराटनगर- साहित्यकार एवं प्रजातन्त्र सेनानी रमाप्रसाद रिजालको स्मृतिमा लेखिएकाे पुस्तक ‘सम्झनामा रमाप्रसाद रिजाल’काे विमोचन भएकाे छ।
विराटनगरमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच डा.शेखर कोइरालाले पुस्तक विमोचन गरेका हुन्।
कार्यक्रममा डा. कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका रमाप्रसाद रिजालको साहित्यिक यात्रा अतुलनीय रहेको बताए।
कार्यक्रममा प्राज्ञ दधिराज सुवेदी, नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे, प्राज्ञ गंगा सुवेदी, विवश पोखरेल लगायतले स्वर्गीय रिजालले नेपालको प्रजातान्त्रिक आन्दोलन र साहित्यिक क्षेत्रमा पुर्याएकाे योगदानका विषयमा चर्चा गरेका थिए।
पुस्तकमा विभिन्न लेखक, साहित्यकार, समाजसेवीलगयातले रिजालका बारेमा लेखेका लेख, रचना समावेश गरिएको छ।